जुम्लामा ५६ हजार नागरिकता वितरण

डिसी नेपाल
२९ कार्तिक २०७७ २३:३८

कर्णाली । जिल्ला प्रशासन कार्यालय जुम्लाले ५६ हजार नागरिकता वितरण गरेको छ ।

विसं २०३५ साल यतादेखि प्रशासनले ५६ हजार नागरिकहरुलाई नागरिकता वितरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका नायव सुब्बा सुरत गिरीले अहिलेसम्म जुम्लामा ५६ हजार ३४५ जना नागरिकले नागरिकता प्राप्त गरेको बताए ।

“चालु आवको असार यता मात्रै एक हजार २५७ जनालाई नागरिकता प्रदान गरिएको छ”, नायब सुब्बा गिरीले भने, “जसमा ९६७ जनाले नयाँ नागरिकता, १९० ले बाल नागरिकता, ३२ वटा संशोधित नागरिकता र ७१ वटा प्रतिलिपी रहेका छन् ।”

३२ नागरिकता भने विसं २०५९ साल कात्तिक २८ गते जुम्ला तत्कालिन् सशस्त्र विद्रोही पार्टी माओवादीको आक्रमणमा परेर प्रशासन जलेपछि रेकर्ड नभएका नागरिकता रहेको उनले बताए ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालयले दुई वर्षयता आफ्नो सेवा र कार्यालयको व्यवस्थापनमा पनि थप सुधार गर्दै आएको छ ।

सेवाग्राहीका लागि खस भाषाको नागरिक अडियो बडापत्र, डिजिटल बडापत्र, स्तनपान गृह, हेल्पडेक्स, वेवसाईट नियमित, सामाजिक सञ्जाललगायतबाट सेवाग्रहीलाई सजिलो बनाएको बनाईएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

त्यस्तै सेवाग्रहीलाई सन्तुष्टि फारम भर्ने शुरु गर्न थालिएको प्रमुख जिल्ला अधिकारी थापाले जनाए । उनका अनुसार अब जिल्ला प्रशासनका वेवसाईटमा राखेका सेवा सिधै बाहिर देखाउन र सुनाउनमा समेत प्रयास गरिएको र यहाँका सबै दस्तावेज डिजिटल रेकर्डमा राख्ने प्रयत्न भइरहेको छ ।

रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *