११६ पक्की घर बनाउन शुरु

डिसी नेपाल
३० कार्तिक २०७७ १८:२७

लाहान । वर्षौदेखि फुसको छाप्रोमा जीवन बिताउँदै आएका सिरहाको कल्याणपुर र कर्जन्हा नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका डुम समुदायका लागि ११६ पक्की घर निर्माण शुरुआत भएको छ ।

सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत कल्याणपुरमा ५८, कर्जन्हामा ३७ र बिष्णुपुरमा ती समुदायका लागि पक्की घर बनाउन लागिएको हो ।

यसैबर्ष भित्र घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिने योजना रहेको शहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजले जनाएको छ । तराई मधेशमा विपन्न जीवन बिताइरहेको, सामाजिक विभेद छुवाछुत तथा चरम आर्थिक सङ्कट खेपिरहेका छन् ।

पक्की घर निर्माण भएपछि उनीहरुको जीवनमा अर्थपूर्ण परिवर्तन आउने प्रदेशसभा सदस्य दिलीपकुमार साहले जानकारी दिए ।

वर्षौदेखि ऐलानी जग्गामा सुकुम्बासीको रुपमा बस्दै आएका ती समुदाय पक्की घर पाउने भएपछि औधि खुशी भएका छन् । सिरहामा करिब ४ हजार घरधुरी रहेको डुम समुदाय बाँसको नाङ्गलो, हाते पंखा, ढकिया, कोनिया लगायतका सामग्री बनाएर जिबिकोपार्जन गर्दै आएका छन् ।

यसबर्ष जनता आवास कार्यक्रम अन्तर्गत ४१० दलित, विपन्न, अल्पसङ्ख्यक समुदायको पक्की घर निर्माण हुने जनाइएको छ ।

रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *