आगो सल्केर बालिकाको मृत्यु

डिसी नेपाल
१ मंसिर २०७७ ९:०१

दमक । मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ। कमल–२ स्थित थापा गाउँका धु्रव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो। आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।

आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ। आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते हुुनुभएको थियो। स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको प्रनाउ पण्डितले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *