काेराेनाका कारण सुर्खेतमा थप १ जनाकाे मृत्यु

डिसी नेपाल
१ मंसिर २०७७ ९:५४
56
Shares

सुर्खेत । काेराेनाका कारणा सुर्खेतमा थप १ जनाकाे ज्यान गएकाे छ। प्रदेश अस्पतालमा साेमबार विहान उनकाे मृत्यु भएकाे सामािजक विकास मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार वीरेन्द्रनगर नगरपालिका ११ निवासी ६२ वर्षीया पुरूषकाे काेराेनाका कारण ज्यान गएकाे हाे। कात्तिक २६ गते स्वास प्रस्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएकाे थियाे।

प्राेटाेकल अनुसार सबै उपचार गर्दा पनि निकाे नभएका उनकाे स्थायी ठेगाना बाँकेकाे बैजनाथ गाउँपालिका रहेकाे मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ। हालसम्म कर्णालीमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १८ पुगेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *