हरेक जनताको सुख दुःखको भागिदार जनप्रतिनिधि हुनुपर्छ भन्दै उपप्रमुखले लगाइन् सामूहिक भाइटिका

डिसी नेपाल
२ मंसिर २०७७ ७:५५

काठमाडौं । इटहरी उपमहानगरपालिका की उपप्रमुख लक्ष्मी गौतमले आइसोलेसनमा रहेकालाई सामूहिक भाइटिका लगाएकी छन्। चाडवाडको बेलामा पनि निरन्तर काममा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सामूहिक भाइटिका लगाइदिएकी छन्।

कोरोना संक्रमित भएर आइसोलेसनमा रहेकालाई संक्रमित महिलाले नै टिकामाला लगाइदिएको उपप्रमुख गौतमले बताइन्। उनले भनिन, ‘हामी जनप्रतिनिधि भएपछि जनताको हरेक सुख र दुःखको भागिदार हुनु पर्छ। हामीले उहाँहरुको दुःखमा साथ नदिए कसले दिने।’

चाडवाडमा पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु निरन्तर काममा खटिएपछि आफ्नै दाजुभाई काममा भएको अनुभुति भएर टिका लगाईदिएको उपप्रमुख गौतमले बताईन्। ‘उहाँहरुको पनि आखाँमा आँशु आएको थियो,’ उपप्रमुख गौतमले भनिन्, ‘चाडवाडमा घर जान नपाउँदा सबैको मनमा खिन्नता उत्पनन हुन्छ नै। उहाँहरु काममा खटिरहनु भएको छ। हामीले उहाँहरुलाई यस्तो बेलामा सहयोग गरेर आत्मबल बलियो बनाउनु पर्छ।’

वर्ष दिनको चाडबाडका बेला सङ्क्रमित भएर घर परिवारभन्दा टाढा बस्नुपर्दा र उहाँहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनी खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडबाडको अनुभूति दिलाउन टीका लगाइदिएको उपप्रमुख गौतमले बताइन्। दशैंमा पनि सामूहिक टिका लगाइएको उनले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *