गाेरखमा ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु
सांकेतिक तस्वीर
गोरखा । काेराेनाबाट गाेरखामा थप १ जनाकाे मृत्यु भएकाे छ। गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मंगलबार बिहान निधन भएको हाे।
फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए।
उनीमा काेराेना पाेजेटिभ देखिएपछि अस्पतालले प्राेटकल अनुसार सम्पूर्ण उपचार गरेकाे ढकालले जानकारी दिए। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment