नेपाल बिरुद्व बङलादेश : पहिलो हाफ गोलरहित बराबरीमा

डिसी नेपाल
२ मंसिर २०७७ १७:३८

काठमाडौं । ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत नेपाल र बङ्गलादेशबीचको दोस्रो खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफ सकिदा सम्म दुबै टोलीबाट कुनैपनि गोल भएको छैन । पहिलो हाफ दबाब रहित खेलेको नेपालले घरेलु टोलीलाई खासै दबाबमा राख्न सकेको छैन । आजको खेलमा छिरिङ गुरुङले नेपाली राष्ट्रिय टोलीका लागि डेब्यु गरेका छन । उनी च्यासल युवा क्लबबाट घरेलु लिग खेल्दै आएका छन् । आजको खेलमा अनुभवी भरत खवासलाई राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी दिईएको छ । पहिलो खेलमा बङलादेशसँग २–० ले पराजित भएर खराब बोहनी गरेको नेपालको लागि यो खेल महत्वपूर्ण रहेको छ । बिहीवार पाँच वर्षपछि बङ्गलादेशसँग नेपाली टोली पराजित हुदा नेपाली फुटबल टिम मात्र होइन समर्थकहरु पनि निराश भएका थिए । तर आज फेरि नेपाली फुटबल टोलीले सो हारलाई बिर्साउने अवसर पाएको छ । उक्त अवसरलाई नेपाली खेलाडीहरुले आफ्ना समर्थकको निराशालाई खुशीमा बदल्न जिम्मेवारी बोध गरेर खेल्ने आश गरिएको छ । नेपाली टिमले आजको खेल ४–२–३–१ को फर्मेसनमा खेल्दैछ ।

आजको सुरुवाती ११ मा भरत खवास (कप्तान), अन्जन बिष्ट, सुजल श्रेष्ठ, दर्शन गुरुङ, एरिक बिष्ट, तेज तामाङ, रन्जित धिमाल, अन्न्त तामाङ, विकाश खवास, छिरिङ गुरुङ र किरण चेम्जोङ (गोलकिपर) रहेका छन । कोरोना पाजेटिभ देखिएर टोली बाहिर रहेका रन्जित धिमालले आजको खेलमा सुरुआती टोलीमा स्थान बनाएका छन् । आजको खेलको लागि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले सुरुआती टिममा ५ परिवर्तन गरेका छन् । डिफेन्डरहरु अजित भन्डारी र सुमन अर्याललाई आराम दिदा उनीहरुको स्थानमा छिरिङ गुरुङ र रन्जितले स्थान बनाएका छन् । मिडफिल्डरमा एरिक विष्टले सुरुआती टोलीमा अटाउदा स्ट्राइकर नवयुग श्रेष्ठ र रवि पासवानलाई आजको खेलमा आराम दिइएको छ । दर्शन गुरुङले पहिलोपटक आजको सुरुआती टोलीमा स्थान बनाउन सफल भएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *