काठमाडौं उपत्यकामा १२ सय २९ जना संक्रमित थपिए, मृतकको संख्या ४८२ पुग्यो

डिसी नेपाल
४ मंसिर २०७७ १७:१२

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला ५१३ र पुरुष ७१६ जना रहेका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमित हुनेको कुल संख्या ९९ हजार ७६५ पुगेको छ ।

यस्तै उपत्यकामा हाल १५ हजार ६७४ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म उपत्यकामा ४८२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८०५ नमुना परीक्षण गर्दा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ सय ५८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २७६ पुगेको छ।

यस्तै हालसम्म ७६७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पीसीआर परिक्षण भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *