क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलायो
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ। क्यानले शुक्रबार एक सूचना जारी गर्दै २२ जना खेलाडीलाई बोलाएको हो।
क्याना अनुसार ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, बसन्त रेग्मी, शरद भेषवाकर, अभिनाष बोहोरा, सोमपाल कामी, सुसन भारी, कुशल मल्ल, सन्दीप जोरा, सुवास खकुरेल, भुवन कार्की, पवन सर्राफ, किशोर महतो, मो आरिफ शेख, रोहितकुमार पौडेल, रसिद खान, विनोद भण्डारी, ललितनारायण राजवंशी र कमलसिंह ऐरीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ।
यही मंसिर १० बाट प्रशिक्षण शुरु हुने क्यानले जनाएको छ। त्यसका लागि ८ गते सबै खेलाडी र प्रशिक्षक जगत टमटाले कोरोनाको पीसीआर परीक्षण गराउनुपर्ने छ। कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आउने खेलाडीलेमात्र प्रशिक्षणमा सहभागिता जनाउन पाउने क्यानले जनाएको छ।
क्यानले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि बन्दै प्रशिक्षण गर्न लागिएको बताएको छ। कोरोना महामारी शुरु भएपछि पहिलो पटक क्रिकेट खेलाडीको प्रशिक्षण हुन लागेको हो। हालै सरकारले स्वास्थ्य मापदण्ड अपनाएर प्रशिक्षण गराउन सकिने निर्णय गरेपछि क्यानले प्रशिक्षणको तयारी थालेको हो।

No ads found for this position


डिसी नेपाल
Facebook Comment