कोरोना संक्रमणबाट वरिष्ठ चिकित्सक मुडभरीको मृत्यु

डिसी नेपाल
६ मंसिर २०७७ २१:१४

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ चिकित्सक डा ध्रुव शर्मा मुडभरीको मृत्यु भएको छ ।

काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा वरिष्ठ चिकित्सक शर्माको मृत्यु भएको अस्पतालले जनाएको छ । शर्मा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक समेत थिए ।

शर्मालाई १५ दिनअघि कोरोना संक्रमण भएको थियो । संक्रमणपछि ओम अस्पतालमा उपचारका क्रममा ७७ वर्षको उमेर डा शर्माको मृत्यु भएको हो । शर्मा नेपालका वरिष्ठ सर्जन थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *