जागिरका लागि अन्तरवार्ता दिन गएका व्यक्ति रिसेप्सनबाटै बाहिरिए

डिसी नेपाल
८ मंसिर २०७७ ८:२०

काठमाडौं। जागिर पाउनका लागि मानिसहरुले आम रुपमा अन्तरवार्तामा केही न केही झुट बोल्छन् । तर, एक व्यक्ति ५ मिनेटमै त्यो जागिरको दौडबाट बाहिरिए जुन जागिरको लागि उनी अन्तरवार्तामा गएका थिए ।

खासमा ती व्यक्तिले आफू अन्तरवार्तामा जान बाँकी नै छ भन्ने सोचेका थिए तर उनको अन्तरवार्ता रिसेप्सनमै सकिएको थियो । उनले रिसेप्सनमा भेटेकी महिला कम्पनीकी रिसेप्सनिस्ट नभइ कम्पनीकी प्रमुख थिइन् । एक रेडिट प्रयोगकर्ताले रेडिप फोरममा यसबारे जानकारी दिएकी छिन् ।

डेलीमेलको रिपोर्टअनुसार कम्पनीको नामको खुलासा भएको छैन । अफिसमा जब उनी अन्तरवार्ताको लागि पुगे त्यसपछि उसले रिसेप्सनिस्टसँग निकै रुखो व्यवहार गरे । रिसेप्सनिस्टसँग अन्य जानकारी लिएर उनी अन्तरवार्ताको लागि गए । अन्तरवार्तामा उनले निकै राम्रो व्यवहार गरे ।

अन्तरवार्ता राम्रो भएर पनि जागिर नपाएपछि उनले आफूबाट कहाँ गल्ती भयो भनेर जान्ने कोसिस गरे । जब उनले यसबारे कम्पनीसँग सोधे त्यसपछि मात्रै उनले थाहा पाए कि कार्यालय प्रवेश गर्नेबित्तिकै उनले जुन रिसेप्सनिस्टलाई भेटेका थिए उनी नै कम्पनीकी प्रमुख थिइन् र यो उनको अन्तरवार्ता लिने तरिका थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *