अक्सफोर्डको कोरोना खोप ७० प्रतिशत प्रभाकारी

डिसी नेपाल
८ मंसिर २०७७ २१:३०

वाशिङ्टन (एजेन्सी)। अक्सफोर्ड कम्पनीले विकास गरिरहेको कोरोना भाइरसविरुद्धको खोप ७० प्रतिशत प्रभावकारी रहेको सार्वजनिक गरिएको छ। सो खोपको तेस्रो चरणको परीक्षण चलिरहेको छ। कम्पनीले परीक्षण नतिजाले ७० प्रतिशत प्रभावकारी हुने देखाएको बीबीसीले उल्लेख गरेको छ।

बीबीसीका अनुसार यो खोप फाइजर र मडेर्नाको जति प्रभावकारी नदिए पनि यो ती खोपहरुभन्दा सहज उपलब्ध हुनेछ। बीबीसीका अनुसार यो खोपको डोज बढाउँदा यसको प्रभावकारिता ९० प्रतिशतसम्म हुने छ। फाइजर र मडेर्नाको को खोप करिब ९५ प्रतिशत प्रभावकारी दिएको सार्वजनिक गरिएको छ।

समाचारअनुसार अक्सफोर्डको खोप अन्य खोपभन्दा सस्तो हुने र यो अन्य खोपभन्दा भण्डारण गर्न सहज हुने पनि बताइएको छ। विश्वभर कोरोना महामारीले दैनिक हजारौं मानिसको ज्यान लिइरहेका बेला खोपबारे पछिल्लो दुई हप्तामा तीनवटा शुभ समाचारहरु सार्वजनिक भएका छन्। फाइजर, मडेर्नापछि अक्सफोर्डको खोपको परीक्षण नतिजा सार्वजनिक गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *