नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा

डिसी नेपाल
९ मंसिर २०७७ ६:५२

काठमाडौं। सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ ।

हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९० दशमलव ९० प्रतिशत संक्रमणमुक्त भएका छन् । देशभर २ लाख २२ हजार २ सय ८८ संक्रमितमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।वल्र्डमिटरका अनुसार सबैभन्दा धेरै भुटानमा कुल संक्रमितमध्ये ९४ दशमलव २४ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ३ सय ८२ जना संक्रमितमध्ये ३ सय ६० जना संक्रमणमुक्त भएका छन् । भुटानमा हालसम्म मृत्युदर शून्य रहेको छ ।

वल्र्डमिटरका अनुसार संक्रमणमुक्त हुनेमध्ये दोस्रो स्थानमा भारत पर्छ । भारतमा कुल संक्रमितमध्ये ९३ दशमलव ६७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ९१ लाख ४० हजार ३ सय १२ जना संक्रमितमध्ये ८५ लाख ६२ हजार ६ सय ४१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म कोरोना संक्रमणबाट १ लाख ३३ हजार ७ सय ७३ जनाको मृत्यु भएको आजको राजधानी दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *