ललितपुर ग्वार्को चोकमा भएको सडक दुघर्टनामा दुईको मृत्यु

डिसी नेपाल
१० मंसिर २०७७ ९:१६

काठमाडौं। ललितपुरको बालकुमारी र ग्वार्को चोकमा भएका सडक दूर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मंगलबार राति भएको दुर्घटनामा एकजना बटुवा र अर्का साइकल यात्रीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुरको बालकुमारीमा टाटासुुमो जीपले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो। बालकुमारी नमस्ते पेट्रोल पम्प नजिक ना १ ज ३६७७ नम्बरको टाटासुमोले ठक्कर दिँदा साइकल यात्री बाग्लुङ घर भएका ३० वर्षीय सन्देश क्षेत्रीको मृत्यु भएको सातदोबाटो प्रहरी वृत्तले जनाएको छ।

सो जीपको ठक्करले घाइते भएका क्षेत्रीलाई प्रहरीले बीएण्डबी अस्पताल लगेपनि उनको बाटोमै मृत्यु भएको थियो। त्यसैगरी राती नै ग्वार्को चोक नजिक बा २ क ८७५८ नम्बरको गाडीले पैदल यात्री तनहुँका ४२ वर्षीय भेषबहादुर बिश्वकर्मालाई ठक्कर दिँँदा उनको मृत्यु भएको हो। उनलाई ठक्कर दिने गाडी चालक फरार रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *