नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो महत्व स्थापित गर्ने अवसर

डिसी नेपाल
१० मंसिर २०७७ १३:५९

नेपालको राजनीतिक स्थायित्वका लागि राज्यसत्ताका संचालक र राज्य संचालन प्रणाली बलियो बनाउने पक्षमा चीन सधैं रहँदै आएको छ। नेपालमा राज्य हाँक्ने बलियो नेतृत्वका पक्षमा सधैं चीनको चाहना रहँदै आएको छ।

नेपालमा राजसंस्था होस् वा पञ्चायती व्यवस्था, ती दुवै व्यवस्था टिक्नमा चीनको ठूलो सद्भाव रहेको थियो। चीनको यही दृष्टिकोण आज पर्यन्त कायमै छ। नेपालमा हुने राजनैतिक अस्थिरतामा यहाँ अर्को देशको चलखेल बढ्ने स्थिति आएमा यसले आफ्नो लागि पनि चुनौती थप्ने चीनको बुझाइ रहँदै आएको छ।

यही कारण पनि चीन सधैं नेपालमा राजनैतिक स्थायित्वको पक्षमा रहन्छ। यसबाट उसले आफ्नो लागि दक्षिणतर्फबाट बढ्न सक्ने चुनौतीलाई नियन्त्रित राख्न सकिन्छ भन्ने बुझाइ राखेको छ।

अर्कोतर्फ हाम्रा दुई छिमेकी मुलुकमध्ये भारत हाम्रो लागि अत्यन्त महत्वपूर्ण छिमेकी हो। तर, भारत जहिले पनि नेपालमा राजनीतिक किचलो रहिरहोस् र त्यसमा आफ्नो राजनीतिक भूमिका स्थापित गर्न सकियोस् भन्ने सोच हावी छ। राणा शासन विरुद्ध नेपालमा भएको जनविद्रोहको समयदेखि नेपालको आन्तरिक राजनीतिमा भारतले ठूलो स्पेस पाइरहेको छ र अहिले पनि स्थिति धेरै सुधारिएको छैन।

चीनले पनि नेपाललाई आफ्नो महत्वको मुलुक ठानेर उच्चस्तरीय भ्रमण आदान प्रदानको संभावना देखिनु चिनियाँ रक्षामन्त्री नेपाल आउनु र नेपाल र चीनबीचका कतिपय विवादित कुराको निरुपण गर्नु र व्यापारिक विषयमा सरसहयोग पुर्याउनुले नेपाल सानो मुलुक भएपनि महत्वपूर्ण ठाउँमा रहेको महत्वपूर्ण मुलुक हो भन्ने कुरा स्थापित भएको छ।

अझै पनि भारतले नेपालको राजनीतिमा आफ्नो भूमिका खोजिरहन्छ। नेपालको आन्तरिक राजनीतिमा आफ्नो भूमिका होस् भन्ने मात्र नभइ भारतको चाहना नेपालको सरकार आफू अनुकूल चल्ने होस् भन्ने पनि छ।

नेपाली जनताप्रतिको स्नेह, माया र सहयोगको हिसाबले, प्राकृतिक र भौतिक रुपले भारत निकै महत्वपूर्ण असल छिमेकी हो। तर, कहिलेकाहीँ भारतको आफ्नो स्वार्थ हावी हुँदा भारतका कारण नेपाली जनताले दुःख पाएका इतिहास पनि छन्। भारतले आफ्नो स्वार्थ पूरा गराउन नेपालमाथि गर्ने व्यवहारले नेपाली जनताको मन कुँडिने गरेको छ।

भारतले नेपालप्रति देखाउने ठूल्दाई व्यवहार आज पर्यन्त कायमै छ। नेपाल छुट्टै स्वतन्त्र देश हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाल भारतकै छायाँजस्तो गरी प्रस्तुत होओस्, भारतका एजेण्डामा समर्थन गरोस्, भारतले समर्थन गरेका विषयमा नेपाल पनि उसको पक्षमा रहोस् र भारतले विरोध गरेको खेमामा नेपाल नजाओस् भन्ने भारत चाहन्छ।

उता अर्को छिमेकी मुलुक चीन भने अर्काको मुलुकको राजनीतिक शासन प्रणालीमा आफ्नो भूमिका देखाउन नचाहने, अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नचाहने नीति हुँदा हुँदै पनि नेपालको मामिलामा चीन सधैं सतर्क रहँदै र सहयोग गर्दै आएको छ। यसको प्रमुख कारण चीनको आफ्नो सुरक्षा हो।

नेपाल मामिलामा चीन यसरी सतर्क रहनुको कारण नेपालको चीनसँग जोडिएको सीमा हो जसबाट उसलाई कुनै किसिमको खतरा नबढोस् भन्ने उसको सोच हो। त्यसमाथि चीनबाट पृथक हुन खोजिरहेको तिब्बत पनि नेपालसँग जोडिएकोले समेत चीनलाई नेपाल मामिलामा सधैं सतर्क रहनु परिरहेको छ।

नेपाल र भारतबीच नेपालको पश्चिमी सिमानामा देखिएको समस्या र त्यसले निम्त्याएको मनमुटाव संवादहीनताको स्थितिबाट संवाद हुँदै भारतीय प्रतिनिधिहरु नेपालसँग वार्तामा बस्न चाहना गर्नु शुभ संकेत हो। अहिले उच्चस्तरीय भ्रमण आदान प्रदान गर्न र सबै समस्याको वार्ताद्वारा समाधान गर्न दिल्ली अग्रसर हुनु केवल दिल्लीको मात्र चाहना नभएर वाशिंटनको चाहनाले पनि काम गरेको हुनसक्छ।

हुन त भौगोलिक विकटता र हिमाली सीमाले गर्दा भौतिक रुपले र सामाजिक रुपले चीन नेपालको जति नजिक हुनुपर्ने हो त्यति नजिक छैन। तैपनि चीन पनि नेपालका लागि त्यत्तिकै महत्वपूर्ण मुलुक हो। तर यहाँ दुःखका साथ के भन्नुपर्छ भने पछिल्लो समय चीन नेपालप्रति आफ्नो गतिविधि बढाउन राजनीतिक दलहरुमा आफ्नो भूमिका बढाउन उद्यत देखिन्छ।

पछिल्लो समय विकसित घटनाक्रमले भारत र चीनबीच बढ्दै गएको तनाव झनै बढेर यसले नेपालका लागि पनि खतराको स्थिति उत्पन्न गराउने सम्भावना बढेको छ । यदि यस्तो भयो भने यो क्षेत्रकै लागि अशुभ मान्नुपर्छ। पछिल्लो समय चीन र अमेरिकाको व्यापारमा देखिएको गतिरोध र शितयुद्ध जसले संभावित भविष्यमा आउनसक्ने समस्या चीन र भारतबीचमा देखिएको सीमा समस्या, एकअर्का मुलुकका सेनामा भएको भौतिक क्षति यो दुर्भाग्यपूर्ण मान्नुपर्छ।

यसमा भारत भित्र तेस्रो शक्ति मुलुक छिरेर वा भारतलाई उक्साएर चीन विरुद्ध गतिविधि गराउने त्यसको प्रतिवादमा चीन सबै शक्ति लगाएर उत्रिने परिस्थिति नआओस्। यो परिस्थिति आउने कुराको संभावित खतरा र नेपाल प्रयोग होला कि भन्ने शंकाले चीनको नेपालप्रतिको गतिविधि बढ्नु नेकपाको नेतृत्व र सरकारको नेतृत्वमा आफ्नो अनुकुलको मानिस रहरहोस भन्ने चीनको चाहना हुनु जुन कुरा चिनियाँ राजदूतको गतिविधिले देखाएको छ।

भारतले पछिल्लो समय अमेरिकासँग नजिकिँदै जसरी चीनविरुद्ध आक्रामक रणनीति अपनाएको छ त्यसले चीन सशंकित हुनु स्वभाविक नै हो किनकि नेपाल र भारत यस्ता मुलुक हुन् जसले खुला सीमा साझा गर्छन् र यी दुई देशबाट एक अर्को देशमा प्रवेश निकै सहज छ।

अर्कोतर्फ नेपाल र भारतबीच नेपालको पश्चिमी सिमानामा देखिएको समस्या र त्यसले निम्त्याएको मनमुटाव संवादहीनताको स्थितिबाट संवाद हुँदै भारतीय प्रतिनिधिहरु नेपालसँग वार्तामा बस्न चाहना गर्नु शुभ संकेत हो।

अहिले उच्चस्तरीय भ्रमण आदान प्रदान गर्न र सबै समस्याको वार्ताद्वारा समाधान गर्न दिल्ली अग्रसर हुनु केवल दिल्लीको मात्र चाहना नभएर वाशिंटनको चाहनाले पनि काम गरेको हुनसक्छ।

यदि त्यसो हो भने चीनले पनि नेपाललाई आफ्नो महत्वको मुलुक ठानेर उच्चस्तरीय भ्रमण आदान प्रदानको संभावना देखिनु चिनियाँ रक्षामन्त्री नेपाल आउनु र नेपाल र चीनबीचका कतिपय विवादित कुराको निरुपण गर्नु र व्यापारिक विषयमा सरसहयोग पुर्याउनुले नेपाल सानो मुलुक भएपनि महत्वपूर्ण ठाउँमा रहेको महत्वपूर्ण मुलुक हो भन्ने कुरा स्थापित भएको छ।

यस्तो बेलामा नेपालको सरकारले आन्तरिक किचलोमा नफसेर विश्व राजनीतिक ध्रुवीकरण र विभिन्न किसिमले मौलाएका विश्व सामुका समस्याहरुलाई राम्रोसँग बुझ्ने हो र चातुर्यका साथ आफ्नो मुलुकको हितमा काम गर्न सक्ने हो र जान्ने हो भने यो बेला भारतबाट त्यत्तिकै, चीनबाट उत्तिकै, अझ पश्चिमा मुलुकबाट ठूलो मात्रामा मुलुकको हतहितमा विकास निर्माणका लागि सहायता, आर्थिक उन्नति र रोजगारी आयात निर्यात सन्तुलनमा ठूलो काम गर्न सकिने मौको हो। त्यतातिर सरकारको ध्यान जानु आवश्यक छ।

भौगोलिक र सामरिक दृष्टिकोणले नेपाल असाध्यै महत्वपूर्ण मुलुक हो। यसको महत्वलाई हाम्रो नेतृत्वले बुझेर सदुपयोग गर्ने हो भने मुलुकको काटापलट गर्न समय लाग्दैन। त्यसका लागि दूरदर्शी र नेतृत्व  र नेपाल सानो र कमजोर छ भन्ने लघुताभाषबाट मुक्त हुन आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *