दिग्गज फुटबल खेलाडी म्यारोडोनाको निधन

डिसी नेपाल
१० मंसिर २०७७ २२:३३

काठमाडौं (एजेन्सी)। अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ। म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

अर्जेन्टिनाको स्थानीय मिडियालाई उदृत गर्दै डेलीमेलले म्यारोडोनाको निधन भएको जनाएको छ। हृदयघातको कारण उनको घरमै निधन भएको बताइएको छ। भ

दुई साता अघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए। उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो। अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना अर्जेन्टिनाका महान खेलाडी मानिन्छन्।

म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए। उनले सो विश्वकपमा हातले गोल गरेको र त्यो रेफ्रिले नदेखेको चर्चा फुटबल जगतमा हुने गर्छ। म्यारोडोनाले आफ्नो हातलाई भगवानको वरदान भन्ने गर्थे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *