जसपाका सांसदले दसैं भत्ता फिर्ता गर्ने

डिसी नेपाल
११ मंसिर २०७७ १६:२९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसदहरूले दसैं भत्ता फिर्ता गर्ने भएका छन् ।

जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीले बुधबार जसपाले भत्ता फिर्ताको आग्रह गरेर संसद सचिवालयलाई पत्र लेखेका छन् ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको ३ र ४ कात्तिको निर्णय अनुसार सबै सांसदकाे दसैं भत्ता फिर्ता गर्ने पत्रमा उल्लेख छ ।

यसअघी जसपा संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले दसैं भत्ता फिर्ता गर्ने बिषयमा खुलेरै बिरोध गर्दै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *