कोरोना महामारीपछि मैदानमा फर्किए क्रिकेटर
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण बिहीबार शुरु भएको छ। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा प्रशिक्षक जगत टमटाले खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन्। कोरोना संकटपछि नेपाली क्रिकेट टिम पहिलो पटक मैदानमा फर्किएको हो।

स्वास्थ्य मापदण्ड पूरा गरेर खेलाडीको प्रशिक्षण शुरु गर्न सकिने हालै मन्त्रिपरिषदले निर्णय गरेपछि खेलाडीहरु मैदान फर्किने वातावरण बनेको हो। नेपाल क्रिकेट संघले शुरुमा २२ खेलाडी र प्रशिक्षक टमटालाई बन्द प्रशिक्षणका लागि बोलाउँदै कोरोना परीक्षण गरेको थियो।

तर, कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र अलराउण्डर रोहित पौडेल कोरोना संक्रमित रहेको पुष्टि भएपछि उनीहरुले बन्द प्रशिक्षणमा सहभागिता जनाउन पाएनन्।

त्यसपछि क्यानले अन्य पाँचजना युवा क्रिकेटरलाई प्रशिक्षणमा सहभागी गराएको छ। कोरोनाका कारण क्यानले यो पटक प्रशिक्षण भइरहेको स्थानमा पत्रकारलाईसमेत जान दिएको छैन। आवश्यक सूचना क्यानको आधिकारिक समाजिक सञ्जालबाट प्रेषित गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment