आज मंसिर १२ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

आज वि.सं.२०७७ साल मंसिर १२ गते, शुक्रबार । सन् २०२० नोभेम्बर २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । द्वादशी तिथि । चन्द्रमा मेष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः३५ मिनेट र सूर्यास्त बेलुकी ५ः६ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनोरन्जनमा दिन बित्नेछ । नयाँ काम अधुरो हुनेछ । व्यक्तिगत काम थाती रहनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अनावस्यक धनको नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । सरकारी कार्य अधुरो हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पैसाको जोहो बढ्नेछ । प्रिय वस्तु मिल्नेछ । काममा फाइदा आउनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रोजगारीमा प्रगति हुनेछ । क्षमताको प्रशंसा हुनेछ । ठुलाबडाबाट आस्वासन मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धार्मिक काममा रुचि हुनेछ । वैदेशिक काम बन्नेछ । नयाँ काममा समय जानेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) घरबाहिरको काम अपुरो हुनेछ । अपजसको भय हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिष्पर्धामा जीत हुनेछ । आर्थिक सहयोग मिल्नेछ । सहयोगमा केही धन जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आर्थिक लाभ मिल्नेछ । अध्ययनमा खुसि मिल्नेछ । सन्तानको प्रगति हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  पारिवारिक वैवनस्यता हुनेछ । नयाँ काममा ढीला हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथीभाइको साथ पाइनेछ । भ्रमणको योग बन्नेछ । भातृ सुख मिल्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीठो भोजनमा सुख मिल्नेछ । बाेलीले प्रभाव पर्नेछ । पुरानो कामको धन हात पर्नेछ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो