कोरोना सङ्क्रमणको अवधि लम्बिँदै

डिसी नेपाल
१२ मंसिर २०७७ ६:३०

काठमाडौं। पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ ।

लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए ।
नेपाल टेलिभिजनमा कार्यरत पत्रकार केशवराज विष्टलाई सङ्क्रमण मुक्त हुन ३५ दिन लाग्यो ।

३५ दिनसम्म उनी घरमै एकान्तवास बसे । पत्रकार विष्टले ज्वरो आउने, स्वाद थाहा नपाउने जस्ता लक्षण एक हप्तासम्म रह्यो तर पूर्ण रूपमा सङ्क्रमण मुुक्त नभईकन नियमित काममा निस्कन सकिन समय लाग्यो ।

यी त कोरोना सङ्क्रमणबाट लामो समयसम्म एकान्तवासमा रहेका उनी प्रतिनिधि पात्र हुन् । नेतादेखि अभिनेतासम्म, नागरिकदेखि उच्च पदस्थ अधिकारी पनि लामो समयसम्म कोरोना सङ्क्रमण मुक्त हुन सकेका छैनन् ।

चिकित्सकले लक्षण छन् भने पनि १४ दिनपछि निर्धक्क रूपमा नियमित काममा निस्कँदा कुनै असर नगर्ने बताउँछन् । पत्रकार विष्ट लगायत उनकी श्रीमती र दुई छोरीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । समाजमा भने अझै कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको उल्लेख गर्दै विष्टले आफू सङ्क्रमित भएको सामाजिक सञ्जालमा राख्दा आफन्तबाटै उक्त पोस्ट हटाउन दबाब आएको सुनाउन्छन् ।गोरखापत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *