मलेसियामा सयभन्दा बढी मजदुरको बिचल्ली, युएईमा दलाल सल्बलाए

डिसी नेपाल
१४ मंसिर २०७७ १२:४३

क्वालालाम्पुर। मलेसियाको मलेसिया हार्भेष्ट कम्पनीमा काम गर्न भनेर नेपालबाट लगिएका सयभन्दा बढी श्रमिकहरु आठ महिनादेखि अलपत्र पारिएका छन्। नेपाली मजदुर एकता समाजको ग्लोबल छलफलमा उनीहरुको समस्या तत्काल समाधान हुनुपर्ने धारणा राखिएको थियो।

नेपाली कामदारहरु सुरक्षा गार्डका रुपमा मलेसिया ल्याउने र काम लगाई चरम श्रम शोषण हुने गरेको मलेसियामा सुरक्षा गार्डमा कार्यरत श्रमिकहरुले बताएका छन्।

मुख्य गरी एपेक्स वल्र्ड सेक्युरिटी, भालिएन्ट फोर्स सेक्युरिटी र मलेसिया हार्भेष्ट कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुको चर्को श्रम शोषण हुने गरेको मजदुर प्रतिनिधिहरुले बताए।

समाजको शनिबार भएको भर्चुअल छलफलमा मलेसियामा कार्यरत मजदुर प्रतिनिधिहरुले सो कुरा राखेका थिए। उनीहरुले महिना एक दिन पनि बिदा नहुने, होलिडे, पब्लिक होलेडेको पैसा पनि नपाउने, उपचार खर्च बापतको खर्चसमेत उपलब्ध नगराउने गरेको बताए।

बिरामी हुँदा समयमा उपचार नगराउने, स्वदेश नपठाउने, अनावश्यक डर धम्कीसहित कुटपिटसमेत गर्ने गरेको रिपोर्टिङ मजदुर प्रतिनिधिहरुले गरेका थिए।

यूएईमा भिजिट भिसाको चक्कर

यस्तै नेपालबाट दलालहरुले वैदेशिक रोजगारीका नाममा युवा युवतीहरुलाई भिजिट भिसामा दुवई पुर्याएर बिचल्ली बनाउने क्रमम बढेको कुरा पनि छलफलमा ल्याइएको थियो।

युएईबाट आफ्नो धारणा राख्ने क्रममा युएई प्रतिनिधिले सबैभन्दा धेरै नेपालबाट भिजिट भिसामा नेपालीहरुलाई युएई पुर्याएर अलपत्र पार्ने गरेको समस्या राखेको थिए भने भारतबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले विभिन्न ट्राभल एजेन्सीहरुले नेपालीहरुलाई नेपालबाट भारत ल्याएर अलपत्र बनाउने गरेको र उक्त समस्याबारे दूतावाससमेत जिम्मेवार नभएको गुनासो राखेका थिए।

छलफलमा केन्द्रीय समितिका तर्फबाट अर्जुन सिंह अनुरागी, मिलन पुन र समर्पण भट्टराईले आफ्नो आफ्नो धारणा राखेका थिए भने श्रमिकका समस्याबारे आफूहरु जस्तोसुकै चुनौती मोल्न र संबंधित निकायसम्म पुर्याउन प्रतिबद्ध रहेको प्रवक्ता बिजय भुसालले जानकारी गराएका थिए। छलफलमा १५ मुलुकमा कार्यरत नेपाली मजदुरहरुको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *