थप १२५५ जनामा कोरोना पुष्टि, १४०४ डिस्चार्ज

डिसी नेपाल
१४ मंसिर २०७७ १६:२३

काठमाडौं । आइतबार नेपालमा थप १ हजार २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४०४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ । पछिल्लो २४ घण्टामा २५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४७९ पुगेको छ।

यस्तै हालसम्म ६३२ जना क्वारेन्टिनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *