नेकपा विवाद नयाँ मोडमा : ओली-प्रचण्ड दुवै नांगिए

डिसी नेपाल
१५ मंसिर २०७७ ६:५६

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले छुट्टै प्रतिवेदन ल्याएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिने गरी छुट्टै प्रस्ताव ल्याएका हुन्। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अब दुवै प्रतिवेदनमाथि छलफल हुने जानकारी दिएका छन्।

दुवै प्रतिवेदन अध्ययन गरेर मंसिर १६ गते मंगलबार अर्को बैठक बस्ने तय भएको श्रेष्ठले जानकारी दिए। यो महत्वपूर्ण बैठक भने पार्टी कार्यालय धम्बाराहीमा बस्ने छ। शनिबारको बैठकमा ओली, प्रचण्डसहित सचिवालयका ४ जनाले आफ्नो धारणा राखेका थिए।

यसअघि गत मसिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरे अनुसार लिखित जवाफ दिन उनलाइ १० दिनको समय दिएको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियाेगको उचित जवाफ दिने जनाएका थिए।

अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या ती आरोप सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए। कार्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि विभिन्न आराेप लगाउँदै प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ।

प्रचण्डले ओलीले गरेका गलत कामको फेहरिस्त ल्याए। आलीले प्रचण्डले गरेको गल्तीको  फेहरिस्त ल्याए। यो पार्टीको आन्तरिक किचलो भए पनि दुवै जना अध्यक्ष र दुवै जना दुईपटक प्रधानमन्त्री भएका व्यक्तिहरु को कति पानीमा रहेछन् भन्ने कुराको टुंगो गालेको आजको जनभावना साप्ताहिकले समाचार लेखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *