हत्या गरिएका अवस्थामा शव फेला

डिसी नेपाल
१५ मंसिर २०७७ १५:२२

इनरूवा । पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ। घरदेखि करीब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन यही मङ्सिर १० गते साथीका घरमा जान्छु भनेर हिँडेका थिए।

साँझसम्म घर नआएको र आफन्तकहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मङ्सिर ११ गते जाहेरी दिइएको थियो।

उनी हराएको प्रहरीलाई जानकारी गराइएको चार दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कक्षा १२ मा इटहरीस्थित गोदावरी कलेजमा अध्यनरत उनको अपहरणपछि हत्या गरिएको हुन सक्ने प्रहरी उपरीक्षक कमल थापाले बताए। घटनामा संलग्न रहेको आशङ्कामा दुहबी–२ का २१ वर्षीय सुमन झालाई पक्राउ गरिएको जनाइएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *