‘रोग र भोकले नागरिकको ज्यान जादैन’
फाइल फाेटाे
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन प्रदेश सरकार प्रतिवद्ध रहेको जानकारी दिएका छन् । दिपायल सिलगढी नगरपालिका–५ बागफाँटामा निर्माण गरिन लागिएको ५० श्ययाको सरुवा रोग अस्पतालको आज शिलान्यास गर्दै उनले उपचारको अभावमा नागरिकले अकालबाट ज्यान गुमाउनु पर्दैन भने ।
उनले भने, “रोग र भोकले नागरिकको ज्यान जान दिने छैनौँ, स्वास्थ्य सेवाको पहुँच घर घरमा पु¥याउँछौँ ।”
पचास श्ययाको अस्पतालले नागरिकले कम खर्चमा गुतस्तरीय स्वास्थ्य सेवा पाउनेमा आफू आशावादी रहेको मुख्यमन्त्री भट्टले बताए । “अस्पताल निर्माणमा सबैले सहयोग गरौँ, सबै नागरिकले नजिक सेवा पाउनेछन्, यो भन्दा ठूलो खुशीको कुरो के नै छ र”, उनले भने, “विकास भन्ने कुरो क्रमिकरुपमा हुँने हो, ढिलो भयो भनेर आत्तिनु पर्दैन ।” विसं २०३९ मा क्षेत्रीय अस्पतालका लागि जग्गा अधिग्रहण गरीएको उक्त ठाउँमा अस्पताल शिलान्यस गरिएको हो ।
उनले भने, “कम्युनिष्ट सरकार पाँच वर्ष चल्छ, यो चोइटिने, फुट्ने भन्ने कुनै सम्भावना छैन, कसैले फुटाउने सपना देखेको भए त्यो दिवा सपना मात्रै हो ।”
अस्पताल शिलान्यास भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । जिल्लाका अन्य स्थानीय तहमा १०÷१० श्ययाका आठ वटा अस्पताल एकैसाथ शिलान्यास गरिएका छन् । शिखर नगरपालिकामा नगरप्रमुख सीताराम जोशी, बोगटान फुड्सिल गाउँपालिकामा अध्यक्ष कमलबहादुर गड्सिला, जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा, पूर्वीचौँकी गााउँपालिकामा अध्यक्ष दीर्घराज बोगटी, बडीकेदार गाउँपालिकामा अध्यक्ष कृष्णबहादुर चन्द, सायल गाउँपालिकामा अध्यक्ष तेजबहादुर डुम्रेल तथा केआइसिंह गाउँपालिकामा अध्यक्ष लोकेन्द्रबहादुर शाहीले ती अस्पतालको एकसाथ शिलान्यास गरेका हुन् ।
सरकारले देशभरिका ३९६ अस्पतालको एकैसाथ उद्घाटनको तयारी गरेसँगै जिल्लामा पनि आठ अस्पताल एकैसाथ उद्घाटन गरिएका हुन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment