सरकारबाट विज्ञापन बोर्ड गठनः पाँच सदस्य नियुक्त

डिसी नेपाल
१५ मंसिर २०७७ २०:२२
48
Shares

काठमाडौँ । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशङ्कर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहने छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रमा सञ्चारमन्त्री पार्वत गुरुङले सबै सदस्यलाई नियुक्तिपत्र प्रदान गर्दै सफलतापूर्वक काम गर्न शुभकामना दिएका छन् ।

बोर्डमा अध्यक्ष खुलाबाट ल्याइने तथा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चारमन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *