बढ्दो व्यापार युद्धमा पनि कसरी आफ्नो अर्थतन्त्र सुरक्षित बनाउँदै छ चीन ?

डिसी नेपाल
१५ मंसिर २०७७ २१:२१

बेइजिङ (एजेन्सी)। पछिल्ला दिनहरुमा चीनका आधारिक दस्तावेज र नेताहरुको भनाईमा दुईवटा शब्द प्रमुखताका साथ प्रयोग भएको पाइन्छ। यी दुई शब्द हुन् ‘डबल सर्कुलेशन’। यो एक किसिमको आर्थिक रणनीति हो जो एक ‘सम्भावित ठूलो परिवर्तन’ तर्फ संकेत गर्छ।

मे महिनामा चीनका राष्ट्रपति सि चिनफिङले यो प्रस्ताव राखेका थिए, पछि अक्टुबरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य समितिको वार्षिक बैठकमा यो विषयमा कुरा हुने अपेक्षा थियो।

यो बैठकमा आगामी ५ वर्षका लागि निर्धारित गरिएको लक्ष्यलाई लिएर विचार विमर्श भयो। तर, बन्द कोठामा हुने बैठबमा डबल सर्कुलेशनबारे के कुरा भयो भन्ने खासै जानकारी हुन सकेन।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा यो योजना आपूर्ति सम्बनधी सुधारका माध्यमबाट घरेलु माग बढाउने कुरामात्र हल्का रुपमा चर्चा गरिएको थियो। तर हालसम्म जे प्रकाशित भएको छ र चीनबारे चासो राख्ने विश्लेषकहरुका विश्लेषणअनुसार केही कुरा भने देखिएको छ।

नविनतम आइडिया होइन

कथित डबल सकुलेशनको सिद्धान्त दुई कुरामा आधारित हुन्छ। पहिलो आन्तरिक सर्कुलेशन अथवा आन्तरिक वितरण। यो सम्बन्ध आन्तरिक आर्थिक गतिविधिसँग हुन्छ। जबकी यो सिद्धान्तको दोस्रो कुरा बाहिरी आर्थिक गतिविधिहरुसँग अथवा अन्य देशहरुसँग हुने व्यापारसँग सम्बन्धित हुन्छ।

चीनको सरकारी च्यानल सीजीटीएनले लेखेका छ, ‘चीनको यस कदमबाट लाग्छ, चीन आफ्नो अर्थतन्त्रमा अन्तर्राष्ट्रिय व्यापारको भूमिक क मगर्न चाहन्छ र घरेलु बजारमा आधारित अर्थतन्त्रलाई बलियो बनाउन चाहन्छ।’

यो योजनाअनुसार राष्ट्रिय बजारमा विशेष ध्यानदिने बताइन्छ। किनकी निर्यातमा आधारित अथर्तन्त्रमा निभर्रता क मगर्न सकियोस्। तर यसलाई पूर्णरुपमा छोड्ने कुरा पनि भनिएको छैन।

राष्ट्रपतिले सीसीपीको केन्द्रिय कमिटी बैठकमा १४ औं पञ्चवर्षिय योजनाअनुसार विस्तारै विस्तारै विकासको नयाँ मोडल विकास गर्ने भनेका थिए। जसमा घरेलुरुपमा हुने वितरणको निर्णाक भूमिका रहने भनिएको छ।

तर चाइना रेगुलेटरी स्टेटः एन्यू स्ट्राटेजी फर ग्लोबलाइजेशनका लेखक रोजलिन सूले भनिन्, ‘यो कुनै हिसाबले नयाँ रणनीति होइन। वैश्विक रणनीतिमा चीन जुन ढंगले काम गरिरहेको छ, यो त्यहि विचार र कार्यक्रममा आधारित छ।’

वैश्विक अथर्तन्त्र 

चीनको मौजुदा आर्थिक रणनीति चिनियाँ अर्थतन्त्रलाई वैश्विक अथर्तन्त्रको उचार चढावबाट बचाउनु हो। अमेरिकासँग वर्षौदेखि चलिरहेको व्यापार युद्धका कारण चीनमाथि निकै अन्तर्राष्ट्रिय दबाब छ। यसका साथै संसारभर आर्थिक संरक्षणवादको बढ्दो नीति र महामारीले पनि अर्थतन्त्रलाई लिएर आशंकाहरु बढाएको छ।
डबल सर्कुलेशनको मौजुदा रणनीतिमा चीनको जोड वैश्विक स्तरमा आपूर्ति चेनमा हुने केही नयाँ प्रवृत्तिहरुमा आधारित छ। यसमा एक ग्लोबल सप्लाई चेनलाई घरेलु सप्लाई चेनसँग जोड्नु पनि हो। केही मामिलामा यो फाइदाजनक पनि हुन सक्छ।

राष्ट्रपतिले गएको अगस्टमा चेतावनी दिँदै भनेका थिए, ‘आउने समयमा अन्तर्राष्ट्रि स्तरमा हामीले कैयौं विषम परिस्थितिको सामना गर्नुपर्ने छ। हामी नयाँ चुनौतिहरु र जोखिमको सामना गर्न तयार रहनुपर्छ। हाल संसार जुन ठूलो परिवर्तनबाट अगाडि बढिरहेको छ, त्यो पछिल्लो एक शताब्दीमा पनि भएको थिएन।’

टर्निंग प्वाइन्ट

बीबीसी मनिटरिंगका ईस्ट एशिया विशेषज्ञ प्रतीक जाखड भन्छन्, ‘आर्थिक स्वाबलम्बनको सिद्धान्त माओको समयदेखि नै सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको विचारधाराको अंग रहेको छ। खास गरेर त्यो बेला जब अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकुल हुन्छ।’

राष्ट्रपतिले जुलाईमा भनेका थिए, ‘हामीले जुन समस्याहरु भोगिरहेका छौं, ती मध्ये केही लामो समयसम्म रहन्छन् र केही छिटै समाधान हुनेछन्। हामी एक लामो लडाईँका लागि मानसिक रुपमा तयार हुनुपर्छ।’ उनले यस्तो भन्दा माओले १९३८ मा लेखेको एक लेखको पनि चर्चा गरेका थिए। जतिबेला जापानले चीनमाथि आधिपत्य जमाएको थियो।

यसका साथै ह्वावे जस्ता कम्पनीले चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण जुन किसिमको समस्या भोग्नु परेको थियो, त्यो चिनियाँ अधिकारीहरुका लागि एक टर्निंग प्वाइन्ट जस्तै भयो।

चिनियाँ अर्थतन्त्रका विशेषज्ञ तथा रिसर्च कम्पनी चाइना बेस बुकका सीईओ लेलान्ड मिलरले वाशिंगटनस्थित सेन्टर फर स्ट्राटेजी एण्ड इन्टरनेशनल स्टडीजका तर्फबाट आयोजित कार्यक्रममा भनेका थिए, ‘उनीहरुले वास्तावमै चिनियाँ नेतृत्वको आँखा खोलिदिए। यदि उनीहरु आत्मनिर्भर बन्नेतर्फ केही निश्चित परिवर्तन गर्थेनन् भने वास्तावमै उनीहरुका लागि नोक्सानी हुने थियो। उनीहरुले यस दिशामा नीतिगत परिवर्तन गरेर अमेरिकासँगको भिटो शक्तिको अवस्था खोस्न सक्छन्।’

डबल सर्कुलेशन योजना

राष्ट्रपति शीका निकटका एक सल्लाहाकार ली ही डबल सकुलेशन योजनाका मुख्य रणनीतिकार रहेको विश्वा गरिन्छ। र अमेरिकासँग सम्झौता गरेको उनीसँग अनुभव छ। उनी यस आर्थिक नीतिमा कुनै न कुनै रुपमा प्रतिबिम्बित हुने छन्। तर चिनियाँ सरकार र सञ्चार माध्यमहरुले चीन संसारबाट नभाग्ने र उसले संसारसँग बलियो सम्बन्ध बनाउने कुरा जोड दिइरहेका छन्। यसले चीनलाई दोहोरो अंकको वृद्धि दरमा पुग्न सहयोग गर्ने छ। तर कुनै ठोस रणनीतिको अभावमा आयको असमानता र उच्च बचत दरबीचको चिनियाँ अर्थतन्त्रलाई डबल सर्कुलेशनको बाटोमा लैजान चुनौतिपूर्ण हुनेछ।

चीनको जीडीपीमा घरेलु उपभोक्ता दरको योगदान निकै कम छ। चीनको राष्ट्रिय तथ्यांक ब्यूरोको तथ्यांक अनुसार २०१९ मा यो २००७ को तुलनामात्र २ प्रतिशत छ।
चिनियाँ अर्थतन्त्रका प्रमुख विश्लेषक तथा प्रतिष्ठित पेकिंग विश्वविद्यालयका प्रोफेसर माइकल पेटीसले फाइनेन्सियल टाइम्समा एक लेख लेख्दै यस रणनीतिलाई लिएर सबैभन्दा ठूलो समस्या अर्थतन्त्रमा हुने परिवर्तन हुने बताएका छन्।

आर्थिक र सामाजिक सुरक्षा

पहिलो कुरा चीनमा घरेलु उपभोक्ता दर निकै कम छ, जसको कारण जीडीपीमा यसको योगदान अन्य कुनै देशको तुलनामा ऐतिहासिक रुपमै निकै कम छ। यसलाई परिवर्तन गर्न मानिसहरुको हातमा रुपैयाँ हुनु आवश्यक हुन्छ। र मानिसहरुको आम्दानी बढ्नुपर्छ। जुन अहिले सजिलो देखिएको छैन।

अर्को समस्या चीनको निर्यात सम्बन्धी प्रतिष्पर्धालाई लिएर छ। यो मूलरुपमा ‘श्रमिकहरुले पाउने आर्थिक र सामाजिक सुरक्षामा निर्भर छ। उनीहरु जो निर्यातका लागि उत्पदन गर्छन्, त्यसको थोरैमात्र उनीहरुले पाउँछन्। घरेलु स्तरमा उपभोक्ताको दर बढाउनका लागि यसमा उनीहरुको प्रतिफल बढाउनुपर्ने आवक्यता हुन्छ।’

‘डलबल सकुलेशनअनुसार जुन आन्तरिक वितरणलाई बढाउनुपर्ने आवश्यकता हुन्छ, त्यो अन्तर्राष्ट्रिय निर्यातको मुल्यमा मात्रै सम्भव हुन सक्छ। र यस्तो भयो भने रुपैयाँ र सामथ्र्य दुबै चिनियाँ उच्च तहबाट आम मानिसहरुसँग पुग्ने छ।’

पेटीसले यो सरकार र समाज दुबैका लागि त्योबेलामात्र फाइदाजनक हुने जतिबेला स्थानीय उच्च तहको मूल्यमा हुने छ। (बीबीसीबाट अनुवाद)

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *