इलाममा पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते
मंगलबारे । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ। मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ।
इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ। को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment