मोडर्नाले भ्याक्सिन प्रयोगको लागि स्वीकृति माग्दै, ट्रम्पले भने–‘एफडिएले छिटो काम गर्नुपर्छ’

डिसी नेपाल
१६ मंसिर २०७७ ११:५२

काठमाडौं। अमेरिकी भ्याक्सिन विकासकर्ता कम्पनी मोडर्नाले आफूले विकास गरेको कोरोनाभाइरस भ्याक्सिनको आकस्मिक प्रयोगको स्वीकृतिको लागि अमेरिकी र युरोपेली नियामक निकायमा आवेदन दिँदैछ । भ्याक्सिनको फेज ३ ट्रायलपछि कम्पनीले यो भ्याक्सिन कोरोनासँग लड्न ९४ प्रतिशत प्रभावकारी रहेको र केही गम्भीर केसहरुमा यसले शतप्रतिशत असर देखाएको बताएको छ ।

कम्पनीका प्रमुख कार्यकारी स्टिफन बेंसेलले भ्याक्सिनले स्वीकृेति पायो र सबै कुरा अपेक्षा गरेअनुसार ठिकसँग भयो भने २१ डिसेम्बरसम्म भ्याक्सिनको पहिलो डोज दिन सकिने बताएका छन् । मोडर्नाले यो भ्याक्सिन अमेरिकी नेशनल इन्स्टिच्युट अफ हेल्थको सहयोगमा तयार गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो खबरप्रति खुसी व्यक्त गर्दै अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले छिटो काम गर्नुपर्ने बताएका छन् ।

बेंसेलले २०२० को अन्त्यसम्म अमेरिकामा भ्याक्सिनको २ करोड डोज उपलब्ध हुन सक्ने अपेक्षा जनाएका छन् । २०२१ सम्म कम्पनीले ५० करोडदेखि १ अर्बसम्म डोज उत्पादन गर्ने तयारी गरिरहेको छ । यो भ्याक्सिन १ जनाले २ डोज लगाउनुपर्नेछ । यस हिसाबले यस वर्ष १ करोड जनालाई भ्याक्सिन दिन सकिने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *