कोरोनाभाइरसले पूरै परिवारको मृत्यु, महिलाले ठिक अघि छोरा जन्माएर प्राण त्यागिन्

डिसी नेपाल
१६ मंसिर २०७७ १४:०५

काठमाडौं। कोरोनाभाइरसले विश्वमा लाखौं मानिसहरुको ज्यान लिएको छ । तर, एक महिलाको पूरै परिवारको कोरोनाभाइरसका कारण मृत्यु हुँदा उनले आफ्नो अन्तिम समयमा छोरा जन्माएकी छिन् । अब त्यो परिवारमा ती नवजात बालक एकमात्र जीवित सदस्य हुन् । महिलाले कोरोनाभाइरसबाट संक्रमित भएर भेन्टिलेटरमा रहेका बेला छोरा जन्माएकी हुन् । छोरा जन्माएपछि महिलाको मृत्यु भएको छ । उनका मातापिताको पनि कोरोनाभाइरसकै कारण मृत्यु भइसकेको छ ।

डेलीमेलको रिपोर्टअनुसार घटना रुसको हो । सेन्ट पिटसबर्ग शहरकी स्वेतलाना सोरोचिन्सकाया केही समयअघि पितालाई भेट्न अस्पताल गएकी थियन् । अस्पतालमा उनका पिताको मुटुको सर्जरी गरिएको थियो । स्वेतलाना पितालाई भेट्न अस्पताल जाँदा उनी संक्रमित भएको विश्वास गरिएको छ । पितालाई भेट्न जाँदा उनी गर्भवती थिइन् । गएको ५ नोभेम्बरमा उनका पिताको कोरोनाभाइरसका कारण मृत्यु भयो ।

उता स्वेतलाना प्रसूती अस्पतालमा जाँदा उनीमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भयो । त्यसपछि उनलाई रुसको ठूलो संक्रामक रोगको अस्पतालमा पठाइयो । तीन दिनसम्म अस्पतालमा भर्ना रहेपछि स्वेतलानाले तय मितिभन्दा ६ हप्ता पहिले छोरालाई जन्म दिइन् । यस क्रममा स्वेतलानालाई भेन्टिलेटरमा राखिएको थियो । छोरा जन्मिएको केही घण्टापछि स्वेतलानाको पनि मृत्यु भयो ।

स्वेतलानाको मृत्युको केही दिन पहिले उनकी आमा पनि संक्रमित भएकी थिइन् । १२ नोभेम्बरमा स्वेतलानाकी ६२ वर्षकी आमाको पनि मृत्यु भएको थियो । स्वेतलानाको नवजात छोरालाई अहिले अस्पतालमै राखिएको छ । स्वेतलाना सम्बन्धविच्छेद गरेर बसेकी थिइन् । गर्भवती भएपछि उनले बच्चाको पिताको नाम बताउन अस्वीकार गरेकी थिइन् अर्थात उनी सिंगल आमा बन्न चाहन्थिन् । स्वेतलानाको मृत्युपछि एक व्यक्तिले बच्चाको पिता आफू भएको दावी गरेका छन् । ती व्यक्ति नै बच्चाका पिता हुन् वा होइनन् भन्ने पत्ता लगाउन डिएनए परीक्षण गरिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *