कोलकाता विमानस्थलमा विमानमाथि मौरीको भीषण आक्रमण

डिसी नेपाल
१६ मंसिर २०७७ १७:२२

काठमाडौं। भारतको कोलकातास्थित सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा मौरीको एक झुण्डले विमानमाथि आक्रमण गरेका छन् । यहाँ मौरीको एक झुण्डले विमानको झ्याललाई घेरा हाले । त्यहाँ भएका कुनै व्यक्तिले यसको भिडियो बनाए । अहिले त्यो भिडियो चर्चाको विषय बनेको छ ।

३० नोभेम्बरमा विमानस्थलको पार्किङमा भिस्तारा एयरलाइन्सको विमान थियो । केहीबेरमै हजारौं मौरीको झुण्ड आयो र विमानको झ्यालमा मौरीहरुले कब्जा गरे । तत्कालै विमानका सबै कर्मचारीलाई हटाइयो । फायर फाइटरलाई बोलाइयो र पानीको फोहराले मौरी हटाइयो । कोलकातामा यस्तै घटना अघिल्लो वर्ष पनि भएको थियो । त्यतिबेला एयर इण्डियाको जहाजलाई मौरीले घेरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *