क्रोएसियाका प्रधानमन्त्रीलाई पनि कोरोना सङ्क्रमण

डिसी नेपाल
१६ मंसिर २०७७ १९:१६

बेल्ग्रेड । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । गत शनिबार उनकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो ।

उनलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उनि दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उनले घरबाटै आफ्ना कामहरु गरिरहेको पनि अधिकारीहरुले बताएका छन् ।

उनले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गरेको उनका सहयोगीहरूले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *