कांग्रेस बरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१७ मंसिर २०७७ १५:३६
708
Shares

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।

तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले निषेधाज्ञा तोडेको आरोपमा नियन्त्रणमा लिएको हो। ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु,’ पौडेलले लेखेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’

बुधबार दिउँसो  वरिष्ठ नेता पौडेलबाट व्यास नगरपालिकाले पुल उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *