कोरोनाविरुद्धको रुसी खोप पनि अब रुसमा ठूलो संख्यामा लगाइने

डिसी नेपाल
१७ मंसिर २०७७ २३:१५
140
Shares

मस्को। रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक ५ अब रुसमा ठूलो संख्यामा मानिसहरुमा लगाइने भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार सरकारी अधिकारीहरुलाई स्वेच्छिक रुपमा ठूलो संख्यामा सो खोप लगाउन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बनाएका छन्।

आगामी हप्ता बेलायतमा पनि अमेरिकी कम्पनीले विकसित गरेको खोप ठूलो संख्यामा सर्वसाधारणमा लगाइँदै छ। बेलायतपछि रुसमा पनि सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन लागिएको हो।

राष्ट्रपति पुटिनले बुधबार खोप उत्पादन गर्ने प्लान्टको उद्घाटन गर्दै यस्तो आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्। गएको ११ अगस्टमा रुसी राष्ट्रपति पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप बनाएको घोषणा गरेका थिए।

हालै रुसी उच्च अधिकारीहरुले आगामी हप्ताबाट खोप सर्वसाधारणका लागि उपलब्ध हुने बताएका थिए। रुसमा विकास गरिएको खोप स्पुतनिक ५ ९२ प्रतिशत प्रभावकारी रहेको रुसी अधिकारीहरुले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *