आज मंसिर १८ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१८ मंसिर २०७७ ६:३२

आज वि.सं.२०७७ साल मंसिर १८ गते, बिहीबार । सन् २०२० डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तृतीया तिथि । चन्द्रमा मिथुन राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः३९ मिनेटमा र सूर्यास्त बेलुकी ५ः६ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  घरबाहिरको काममा नयाँ जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अरुको लागि व्यर्थ परिश्रम हुनेछ । धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ । कृषि काममा फाइदा हु्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिक आर्थिक फाइदा मिल्नेछ । उच्च व्यक्तिको साथ पाइनेछ । रोजगारीमा लाभ हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामान्य आम्दामी हुनेछ । शुरु गरेको काम पुरा हुनेछ । ठूला बडाको सहयोगले काम बन्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) शंकाले मानसिक भय हुनेछ । सरकारी पक्षबाट झमेला हुनेछ । कार्य क्षमतामा प्रश्न उठ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काममा व्यस्तता हुनेछ । महिलावर्गले साथ दिनेछन् । सामाजिक काममा प्रशंमा मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धनको फाइदा अरुलाइ जानेछ । नोकरीमा प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वाधा आउनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्तको काममा दौडधुप बढी हुनेछ । पे्रममा प्रगति मिल्नेछ । कुटुम्बको सहयोगले धनको फाइदा मिल्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  परिवारमा धनको विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । घर बाहिरको काम अधुरो रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  सन्तानको सुख पाइनेछ । व्यापारमा लाभ हुनेछ । परिश्रमको फल मिल्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धनको सहयोग बढ्नेछ । अधुरा काम पुरा हुनेछ । स्वास्थ्यमा वाधा आउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *