प्रख्यात एमडिएच मसला उत्पादक कम्पनी एमडिएच ग्रुपका संस्थापकको निधन

डिसी नेपाल
१८ मंसिर २०७७ ११:०४

काठमाडौं। प्रख्यात मसला ब्राण्ड एमडिएच मसला उत्पादन गर्ने कम्पनी एमडिएन ग्रुपका संस्थापक महाशय धर्मपाल गुलाटीको निधन भएको छ । ९८ वर्षका गुलाटीको दिल्लीस्थित माता चन्न देवी अस्पतालमा निधन भएको हो । उनको निधनप्रति भारतका रक्षामन्त्री राजनाथ सिंह, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उपमुख्यमन्त्री मनिष सिसोदिया लगायतले दुःख व्यक्त गरेका छन् ।

महाशय धर्मपालको जन्म १२३ मा तत्कालीन ब्रिटिस इण्डियाको सियालकोटमा भएको थियो । सियालकोट अहिले पाकिस्तानमा पर्छ । १९३३ मा ५ कक्षासम्म पढेपछि पितासँग मिलेर उनले व्यापार सुरु गरेका थिए तर उनको व्यापार लामो समयसम्म अस्थिर रह्यो । उनका पिता चुन्नी लाल गुलाटीले नै एमडिएच ब्राण्ड सुरु गरेका थिए । एमडिएचको पूरा रुप महेशियां दी हट्टी हो । उनको मसलाको कारोबार निकै सामान्य थियो यही बीचमा भारत–पाकिस्तान विभाजनपछि उनी १९४७ दिल्ली आए । त्यतिबेला उनीसँग केवल १५०० रुपैयाँ साथमा रहेको बताइन्छ ।

दिल्ली आएपछि उनले सुरुमा ६५० रुपैयाँमा टांगा किनेर केही समय टांगा चलाएका थिए । केही दिनपछि उनले टांगा भाइलाई दिएर सानो मसलाको पसल सुरु गरे । उनको मसलाको कारोबार सफल हुँदै गयो । यही व्यवसाय आज मसलाको विशाल कम्पनी एमडिएच ब्राण्ड बनेको छ । २०२० को पछिल्लो तथ्यांकअनुसार कम्पनीले २ हजार करोडको कारोबार गरेर ४२० खुद आम्दानी गरेको छ । धर्मपालले जीवनकालमा कैयौं अस्पता, स्कुल खोल्ने लगायत समाजसेवाका काम पनि गरे । उनले २० भन्दा धेरै स्कुल खोलिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *