आवाजभन्दा १६ गुणा छिटो उड्ने विमानको इन्जिन ! पृथ्वीको जुनसुकै ठाउँ २ घण्टामा पुगिने

डिसी नेपाल
१८ मंसिर २०७७ १४:३८

काठमाडौं। चीनले एक यस्तो हाइपरसोनिक जेट इन्जिन तयार गरेको दावी गरेको छ जुन इन्जिन ध्वतीको गतिभन्दा १६ गुण तीब्र गतिमा उड्न सक्छ । यो दावीअनुसार यदि यो इन्जिनलाई कुनै हवाइजहाजमा जडान गरियो भने त्यो जहाज २ घण्टाभित्रमा पुथ्वीको कुनै पनि ठाउँसम्म पुग्न सक्छ । आवाजको गति १२३४.८ किलोमिटर प्रतिघण्टा हुन्छ । यो इन्जिनको गति यसको १६ गुणा बढी हुनेछ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको यो नयाँ जेट इन्जिनलाई सोड्रामजेट नाम दिइएको छ । बेइजिङको एक सुरुङमा यसको परीक्षण गरिएको हो । परीक्षणको क्रममा जेटले सुरुङमा हासिल गर्न सकिने अधिकतम गतिसम्म पुग्न सफल रहेको थियो । अनुसन्धानकर्ताहरुका अनुसार परम्परागत रनवेबाट उड्ने विमानहरुमा पनि यो इन्जिन जडान गर्न सकिन्छ । उडानपछि विमान एक विशेष कक्षमा पुग्नेछ र अवतरणको बेला पुनः पृथ्वीको वायुमण्डलमा आउनेछ ।

यदि यो इन्जिन अगाडिका अन्य परीक्षणमा पनि सफल रह्यो र सेनाले पनि यसको प्रयोग गर्न थाल्यो भने यसबाट निकै खतरनाक हतियार तयार गर्न सकिनेछ । एक विशेषज्ञले साउथ चाइना मर्निङ पोस्टलाई बताएअनुसार नयाँ इन्जिनसँग सम्बन्धित जुन अध्ययन प्रकाशित गरिएको छ त्यसमा यो प्रविधिको पछाडिको सिक्रेटको खुलासा नहोस् भन्ने खास ख्याल गरिएको छ । यो इन्जिनमा इन्धनको रुपमा हाइड्रोजन प्रयोग गरिएको छ । चाइनिज एकेडेमी अफ साइन्सेजका प्रोफेसर जिआंग जोंगलिनले इन्जिन तयार गर्ने विशेषज्ञ टिमको नेतृत्व गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *