आइफोन बेच्ने, चार्जर नदिने ? ब्राजिलमा एप्पल चार्जर दिन बाध्य तर नेपालमा पाइँदैन चार्जर

डिसी नेपाल
१८ मंसिर २०७७ १७:२५

काठमाडौं। एप्पलले आइफोन १२ बजारमा ल्याएसँगै यी फोनको बक्समा ग्राहकलाई चार्जर र इयरफोन नदिने निर्णय गरेको थियो । तर, फ्रान्समा भने केही स्थानीय कारणका कारण एप्पलले आइफोनको बक्समा चार्जर र इयरफोन पनि समावेश गर्न बाध्य भएको समाचार सार्वजनिक भएको थियो । अब एप्पल ब्राजिलमा पनि एप्पल आइफोनसँग गहकलाई अन्य सामग्रीहरु पनि दिन बाध्य हुने भएको छ । साओ पाउलो राज्यले एप्पललाई आइफोनको साथमा अन्य आवश्यक सबै सामान राखेर मात्र बेच्न आदेश दिएको छ ।

एप्पलका विषयमा समाचार सम्प्रेषण गर्ने वेबसाइट नाइन टु फाइभ म्याकका अनुसार साओ पाउलो सरकारले दिएको आदेशबारे सबैभन्दा पहिले फोल्हा डे साओ पाउलोले समाचार प्रकाशित गरेको थियो र यो सूचनाको प्रोकोन एसपीले पुष्टि गरेको छ । पेकोन एसपी साओ पाउलोमा आम उपभोक्ताको हितको सुरक्षा गर्ने एजेन्सी हो । प्रोकोन एसपीले गएको अक्टोबरमै एप्पललाई फोनको बक्सबाट चार्जर हटाइनुको कारणबारे स्पष्टीकरण दिन भनेको थियो । एजेन्सीले एप्पलसँग बक्समा चार्जर नराख्दा कसरी उपभोक्तालाई नोक्सानी हुँदैन र कसरी वातावरण संरक्षण हुन्छ भन्ने स्पष्ट पार्न भनेको थियो ।

एप्पलले प्रोकोन एसपीलाई जवाफ दिँदै धेरैजसो उपभोक्तासँग पहिल्यै आइफोनका लागि मिल्ने पोर्टेबल चार्जर हुने भएकोले अर्को चार्जर प्रयोग नहुँदा कार्बन उत्सर्जन कम हुने भनेको थियो । तर, ब्रजिलियन एजेन्सी यो जवाफबाट सन्तुष्ट भएन । प्रोकोन एसपीका अनुसार चार्जरलाई फोन प्रयोग गर्नको लागि अत्यावश्यक चीज मानिएको छ र फोन बेच्दा चार्जर नदिनु ब्राजिलियन उपभोक्ता रक्षा कानुनविरुद्ध हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *