उत्तर पूर्वी अमेरिकाको आकाशमा विशाल उल्कापिंड विष्फोट

डिसी नेपाल
१९ मंसिर २०७७ १६:१७

काठमाडौं। अन्तरिक्षबाट आएको एक विशाल उल्कापिंड उत्तर पश्चिमी अमेरिका र दक्षिणी ओन्टारियोको आकाशमाथि पृथ्वीको वातावरणमा आएर विष्फोट भएको छ । झुक्किएर रेकर्ड भएका केही भिडियो फुटेजहरुमा अपरान्हको समयमा आकाशमा अत्याधिक प्रकाश फैलिएको देखिएको छ र विष्फोटको ठूलो आवाज सुनिएको छ । अमेरिकन मेटेओर सोसाइटीले मेरिल्याण्ड वाशिङटन, डिसी भर्निनिया, पेन्सलभेनिया न्यूयोर्क, ओन्टारियो र मिशिगनका करिब १५० ठाउँका स्थानीयले बुधबार अपरान्ह आकाशमा आगोको गोला देखेका थिए ।

नासाका अधिकारीहरुले उल्कापिंड पृथ्वीको वायुमण्डलभित्र प्रवेश गरेको स्याटेलाइट तस्वीर जारी गरेका छन् । यो उल्कापिंड ५६ हजार माइल प्रतिघण्टाको गतिमा पश्चिमतर्फ गइरहेका बेला पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको नासाको मेटोरोइड इन्भाइरोनमेन्ट अफिसका प्रमुख बिल क्रुकले एनबीसी न्यूजसँग बताएका छन् । त्यसपछि यो पिण्ड पृथ्वीको सतहभन्दा २२ माइल माथि टुक्राटुक्रा भएर विष्फोट भएको क्रुकले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *