भारतमा चर्किरहेको किसान आन्दोलनमा क्यानडाका प्रधानमन्त्रीको सर्मथन

डिसी नेपाल
२० मंसिर २०७७ १२:१०

काठमाडौं। कनाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो भारतमा चर्किरहेको किसान आन्दोलनमा सर्मथन जनाएका छन्। शुक्रबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ट्रुडोले शान्तिपूर्ण रुपमा गरिने विरोध प्रर्दशन र मानवअधिकारको पक्षमा हुने आन्दोलनमा क्यानडाले हमेसा साथ सर्मथन गर्ने बताएका हुन्। उनले बयानमा भारतीय किसानको सर्मथन गर्दै अवस्था सामान्य बनाउनु पर्ने बताए।

उनले अगाडि भनेका छन्, किसान आन्दोलनको बारेमा भारतबाट असामान्य खबर आइरहेका छन्। म आन्दोलनमा सहभागी बास्तविक किसानका परिवार र साथीभाईको बारेमा एकदमै चिन्तत छु। तपाइहरुमध्ये धेरैको लागि यो वास्तबिकता हो। म सबैलाई सम्झिदै स्मरण गराउन चाहान्छु, क्यानडा शान्तिपूर्ण रुपमा गरिने विरोध प्रर्दशन र मानवअधिकारको पक्षमा हुने आन्दोलनमा सदैव साथ रहनेछ।

उता भारतयी विदेशमन्त्रालयले भने यो विषयलाई लिएर कडा आपत्ति जनाएको छ। शुक्रबार भारतीय विदेश मन्त्री यस जयसंकरले यो विषय आन्तरिक मामला भएकाले आन्दोलनको टेवा दिने गरि बक्तव्यबाजी नगर्न आग्रह गरेको छन्। यस तरिकाले बोल्नु अनुचित भएको बताउँदै विदेशमन्त्री जय शंकरले अफ्नो देशको आन्तरिक मामलमा बोल्नाले दुइ देशबीचको सम्बन्धमा ठूलो क्षति पुग्न सक्ने बताएका छन्। किसान आन्दोलनसँग सम्बन्धित मुद्दामा बयान दिएमा त्यो भारतका लागि अस्हय हुने उनको भनाइ छ।

भारतमा केन्द्र सरकारले हालै ल्याएका तीन कृषि कानून खारेजीको माग गर्दै किसानहरुले प्रदर्शन गरिरहेका छन्। दिल्ली चलो अन्दोलन अन्तर्गत पञ्जाब र हरियाणासहित राज्यका किसान अहिले राजधानी दिल्लीका विभिन्न सीमा नाकामा बसेका छन् ।

भारतमा पछिल्लो ९ दिनदेखि पञ्जाब, हरियाणासहितका राज्यबाट आएका किसान दिल्लीका विभिन्न सीमा क्षेत्रमा धर्नामा बसेका हुन् ।

बिहीबारको वार्तामा किसानका ४० प्रतिनिधिले संसदको विशेष सत्र बोलाएर तीन कृषि कानून फिर्ता लिन भनेका थिए। नयाँ कृषि कानून किसान विरोधी रहेको र ती कानूनले ठूला व्यवसायिक घरानालाई फाइदा गर्ने किसानको भनाई छ। तर सरकारले भने नयाँ कानूनले किसानलाई नयाँ अवसर प्रदान गर्ने दाबी गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *