अघिल्लो हप्ता भएको निर्वाचनमा हिटलरले जितेपछि…

डिसी नेपाल
२० मंसिर २०७७ १५:५०

काठमाडौं। नामिबियाको निर्वाचनमा एडोल्फ हिटलरले शानदार जीत हात पारेका छन् । तर, चुनाव जित्ने हिटलर जर्मनीका तानाशाह होइनन्, त्यही नाम भएका नामिबियाका एक नेता हुन् । बीबीसीका अनुसार यी उम्मेदवारले क्षेत्रीय परिषद चुनाबमा ११९६ मत पाएर जिते । उनीविरुद्ध उठेका नेताले भने २१३ मत मात्र पाए । चुनाब जितेपछि उनले आफ्नो विश्वमा राज गर्ने कुनै चाहना नभएको बताएका छन् ।

जर्मन मिडियासँग कुरा गर्दै हिटलरले भने ‘जब म सानो थिएँ त्यतिबेला यो नाम सामान्य लाग्थ्यो । तर, जब ठूलो हुँदै गएँ र ती तानाशाहको बारेमा बुझें त्यसपछि मात्रै उनी विश्वमा राज गर्न चाहन्थे भन्ने कुरा थाहा पाएँ ।’ उनले अहिले धेरै ढिलो भइसकेकोले आफूले आफ्नो नाम बदल्न नचाहेको बताए । उनले आफ्नो नाजी विचारधारासँग कुनै सरोकार नभएको समेत बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *