आकर्षक गन्तव्य बनाउने गरी प्रविधिको विकास गरिन्छ : सञ्चारमन्त्री गुरुङ

डिसी नेपाल
२० मंसिर २०७७ २२:२१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुलुकको आकर्षक गन्तव्य बनाउने गरी प्रविधिको विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने पनि बताए ।

पाकिस्तानस्थित विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका आरोही मिङ्माग्याल्जेन शेर्पा, दावाग्याल्जेन शेर्पा र किलीपेम्वा शेर्पालाई नेपालको राष्ट्रि«य झण्डाका साथ बिदाइ गर्न आज आयोजित कार्यक्रममा उनले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत आरोहण गरेर हिमाल आरोहीले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गरे ।

मन्त्री गुरुङले सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यबाटै मुलुुकलाई सूचना प्रविधिमैत्री बनाउन सकिने स्पष्ट पारे । उनले दोलखाको रोल्वालिङ हिमाल आरोहणका क्षेत्रमा नयाँनयाँ कीर्तिमान कायम राख्नेको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूले सक्दो पहल गर्ने बताए।

मन्त्री गुरुङले माउन्ट केटू हिमाल आरोहणमा जान लागेका आरोहीलाई सफलताको शुुभकामना व्यक्त गरे । मिङ्मा, दावा र किलीले सगरमाथाको पटकपटक आरोहण गरिसकेका छन् ।

मन्त्री गुरुङले माउन्ट केटू हिमाल आरोहणमा पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै त्यसमा कुनै समस्या आए आफूलाई जानकारी गराउन आरोहण दलका सदस्यलाई आग्रह गरे । बिदाइ समारोहमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सरस्वती बस्नेत, गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्कालगायत सहभागी थिए।

सो अवसरमा आरोहण दलका सदस्यलाई मन्त्री गुरुङले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको आर्थिक सहायता प्रदान गरे भने गौरीशङ्कर गाउँपालिकाले रु दुई लाख सहायता उपलब्ध गराएको थियो । दोलखाको गौरीशङ्कर गाउँपालिकास्थित बेदिङगाउँमा मात्रै ६५ जनाभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *