अफगानिस्तानमा एक पत्रकारको गोली हानी हत्या

डिसी नेपाल
२५ मंसिर २०७७ २१:१२
144
Shares

काबुल (एजेन्सी)। अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ। पूर्वी अफगानिस्तानमा महिला पत्रकारमाथि गोली प्रहार भएको बीबीसीले उल्लेख गरेको छ।

मलाला माएवन्द नामकी ती महिला पत्रकार बिहीबार जलालाबादमा आफ्नो काममा जाँदै गर्दा हतियारधारीले उनको गाडीमा गोली चलाएको जनाइएको छ। सो गोलीबारीमा उनका ड्राइभर मोहम्मद ताहिरको पनि मृत्यु भएको छ। यो हत्याको जिम्मेवारी कुनै पनि संघ संगठनले नलिएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *