कमानसिंहको मृत्युपछि नारायणकाजी विवादमा

डिसी नेपाल
२६ मंसिर २०७७ १०:४४

काठमाडौं। नेकपा प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ पूर्व सांसद तथा पूर्व राजदूत नेकपा केन्द्रीय सदस्य कमानसिं लामाको निधनपछि आर्थिक लेनदेनको विषयमा विवादमा तानिएका छन्।

लामाको बिहीबार कोरोनाका संक्रमणका कारण निधन भएको थियो। लामा र नारायणकाजी श्रेष्ठ निकटकी सुसनबीच आर्थिक लेनदेन भएको विषय बाहिर आएको छ।

सो विषयमा श्रेष्ठको भूमिका के हो भन्ने स्पष्ट नभए पनि केही सञ्चार माध्यमले उनलाई लेनदेनको विषयमा विवादमा तानेका छन्। त्यसो त अस्पतालबाट निधन हुनुअघि लामाले सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि श्रेष्ठलाई विवादमा तान्ने संकेत देखिएको थियो।

लामाले स्टाटसमा आफ्नै पार्टीका सन्त नेताले आफ्नो जीवन बर्बाद पारिदिएको उल्लेख गरेका थिए। उनले स्टाटसमा कुनै पनि नेताको नाम भने उल्लेख गरेका थिएनन्। लामाको कोरोना संक्रमणका कारण निधन भएपनि उनले आफू विगत सात महिनादेखि गलेको उल्लेख गरेका छन्।

श्रेष्ठले भने ८ करोडको कुरा गर्दै कुनै प्रोजेक्टमा ३० र ७० प्रतिशतको कुरा गर्छन्। र हिसाब बाँकी २ करोड ५० लाखको भन्छन्। साथमा सुसन र लामा आफ्नै परिवार जस्तै भन्दै कुरा मिलाउन भन्छन्।

सनराइजखबर डटकमले बिहीबार एक अडियो तथा भिडियो सार्वजनिक गरेको छ। सो भिडियोमा लामाले दुई करोड पचासलाखको शेयरको कुरा गर्छन्। र आफ्नो रुपैयाँको आफै ब्याज तिनुपरेको बताउँछन्।

श्रेष्ठले भने ८ करोडको कुरा गर्दै कुनै प्रोजेक्टमा ३० र ७० प्रतिशतको कुरा गर्छन्। र हिसाब बाँकी २ करोड ५० लाखको भन्छन्। साथमा सुसन र लामा आफ्नै परिवार जस्तै भन्दै कुरा मिलाउन भन्छन्।

यो अडियोबाट यो लेनदेनको विषय स्पष्ट भने हुन सक्दैन। र कसले केका लागि कति रुपैयाँ दिएको हो त्यो पनि स्पष्ट हुँदैन। अन्य विषयमा तीव्र प्रतिक्रिया जनाउने नेकपाको प्रवक्तासमेत रहेका श्रेष्ठले आफ्नै समकक्षीले आर्थिक हिनाहिनाको आरोप लगाउँदासमेत कुनै प्रतिक्रिया जनाएका छैनन्। यो विषयमा बुझ्न श्रेष्ठलाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।

यसअघि विवादमा मुछिएपछि तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए। तर, यो विवादमा नेकपाको आन्तरिक विवादको छायाँ भने देखिएको छ। सामाजिक सञ्जालमा श्रेष्ठ निकटहरु उनको बचाउमा लागेका छन् भने अन्य समूहका समर्थकहरु उनले नेकपाको सचिवलायबाट राजीनामा दिनुपर्ने बताइरहेका छन्।

रोचक कुरा के छ भने ९ सदस्यीय नेकपाको सचिवालयमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा ४ जना छन् भने अर्का अध्यक्ष पुष्पकमल प्रचण्डको पक्षमा ५ जना छन्। र श्रेष्ठ प्रचण्डको समर्थनमा छन्। उनलाई सचिवालयबाट हटाउन सकिए अहिलेको नेकपा विवादमा ओलीको पल्ला भारी हुने देखिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *