जन्तीले मदिरा सेवन गरेर हंगामा गरेपछि बेहुलीले अस्वीकार गरिन् बिहे, रित्तै फर्के बेहुला

डिसी नेपाल
२६ मंसिर २०७७ २३:५२
20.8k
Shares

काठमाडौं (एजेन्सी)। यो मंसिरमा धेरै युवा युवतीले जोडी बनाए। बिहे गरेर धेरैलेनयाँ जीवनको शुरु गरे। यस्तै एक जोडीले बिहेको अन्तिम तयारी गर्यो। जन्ती बेहुलीको घरसम्म आयो तर बेहुली बिना नै फर्कियो।

घटना हो भारतको उत्तरप्रदेश राज्यको पिलिभित जिल्लाको। समाचार अनुसार बिहेमा आएका जन्तीले मदिरा सेवन गरेर हंगामा गरेपछि बेहुलीले बिहे नै गर्न अस्वीकार गरिन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार कोरोना महामारीका कारण बेहुला पक्षलाई सिमित संख्यामा जन्ती ल्याउन भनिएको थियो। दुबै पक्षबीच ५० जना जन्ती ल्याउने सहमति भए पनि बेहुला पक्ष १०० भन्दा धेरै जन्ती लिएर बेहुलीको घर पुग्यो।

सहमतिभन्दा धेरै जन्ती आएपछि माइती पक्षले विरोध जनाए। यसैबीच मदिरा सेवन गरेका जन्तीले बेहुलीका काकालाई र भाईलाई पिटे। यो सुनेपछि बेहुलीले बिहे नै अस्वीकार गरिदिइन्। घटना निकै बढेपछि प्रहरीले दुबै पक्षका केहीलाई नियन्त्रणमा लिएर छोडेको बताइएको छ। बेहुलीले बिहे अस्वीकार गरेपछि बेहुला रित्तै फर्किएको समाचारमा जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *