सुर्खेतबाट बर्दिया जाँदै गरेको बिहेको बस बाँकेमा दुर्घटना, १३ जना घाइते
काठमाडौं। सुर्खेतबाट बर्दियामा बिहेका लागि जाँदै गरेको एक बस शुक्रबार राति साढे १० बजेतिर बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ डिगिया भन्ने स्थानमा दुर्घटनामा परेको छ।
बाँके प्रहरीका अनुसार दुर्घटनामा परी १३ जना घाइते भएका छन्। उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
बाँके प्रहरीका अनुसार भे १ ख २०१७ नम्बरको जन्ती बस सडकबाट बायाँतर्फ ४ मिटर टाढा पल्टिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। सो बसमा ३६ यात्रु रहेको जनाइएको छ। सबै घाइतेको अवस्था समान्य रहेको बाँके प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment