ललिता निवास प्रकरण : अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात विषेश अदालतमा उपस्थित

डिसी नेपाल
२८ मंसिर २०७७ १३:१७
80
Shares

काठमाडौं। चर्चित जग्गा प्रकरण ललिता निवास काण्डबारे बयान दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वप्रमुख आयुक्त दीप बस्न्यात कानुन व्यवशायीका साथमा सुटुक्क विषेश अदालतमा उपस्थित भएका छन्।

विशेष अदालत बबरमहलमा उनी उपस्थित भैसकेका छन्। अदालतले आज उनीसँग ललितानिवास जग्गाकाण्डबारे बयान लिने छ। बयानपछि आजै उनको थुनछेक बहस हुने संभावना रहेको स्रोतले जनाएको छ।

विशेष अदालतले उनीसँग बयान लिएपछि धरौटी या पुर्पक्षका लागि थुनामा पठाउन सक्नेछ। विशेष अदालतमा न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा उनको बयान शुरु भैसकेको छ।

२०६६ भाद्रदेखि २०६७ फाल्गुनसम्म भौतिक योजना तथा निर्माण मन्त्रालयमा सचिवको हैसियतले उनले ललिता निवासको जग्गालाई वालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तारका लागि प्रस्ताव लगेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *