सीमा नाका खोल्न पहल गर्ने

डिसी नेपाल
२८ मंसिर २०७७ २०:३७
28
Shares

रौतहट । कोभिड–१९ को कारण बन्द रहेका सीमा नाका खोल्न पहल थालिएको गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटको नवनिर्मित कार्यालय भवनको उद्घाटन समारोहमा गृह सचिव न्यौपानेले सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाको पीरमर्का बुझेर आफूले सीमा नाका खुलाउन पहल थालेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवको अध्यक्षतामा भएको समारोहमा जिल्ला समन्वय समितिका सभापति राम एकवाल राय यादव, गौर नगरपालिका प्रमुख अजय गुप्ता, जनता समाजवादी पार्टीका नेता रेवन्त झा, अनिलकुमार सिंहलगायत उपस्थित थिए । रु दुई करोड ६३ लाख ३२ हजारको लागतमा जिल्ला प्रशासन कार्यालय भवन निर्माण भएको थियो । आजै गृहसचिव न्यौपानेले रु दुई करोड ५० लाखको लागतमा निर्माण हुन लागेको प्रमुख जिल्ला अधिकारी बस्ने आवास भवनको शिलान्यास समेत गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *