अमेरिकामा कोरोनाविरुद्धको पहिलो खोप लगाउने यी महिला को हुन्?
वाशिङ्टन् (एजेन्सी)। सोमबार अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप दिन शुरु गरिएको छ। सोमबार अमेरिकाको सबैभन्दा धेरै कोरोना प्रभावित शहर न्यूयोर्कबाट यो खोप दिन शुरु गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ। अमेरिकी समयअनुसार सोमबार बिहान ९ बजे न्यूयोर्ककी एक महिलालाई कोरोनाविरुद्धको पहिलो खोप दिइयो।
कोरोनाविरुद्धको खोप अभियानलाई अमेरिकी अधिकारीहरुले कोरोना महामारीविरुद्धको बलियो लडाईँ भनेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्वलाई बधाई दिएका छन्। गएको शुक्रबार अमेरिकी अथ्योरिटीले फाइजर बायोएनटेकले विकास गरेको खोपको आकस्मिक प्रयोग गर्न अनुमति दिएपछि सोमबार मास भ्याक्सिनेशन शुरु गरिएको हो।
सोमबार न्यूयोर्कको क्वीन्सस्थित लंग आइसल्याण्ड जेवश मेडिकल सेन्टरमा महिला नर्स सन्ड्रा लिन्डेस्यलाई कोरोना भाइरविरुद्धको खोप अभियानको पहिलो खोप दिइएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
खोपको परीक्षणमा बाहेक यो खोप लगाउने उनी पहिलो अमेरिकी भएको अमेरिकी अधिकारीहरुले जनाएका छन्। ती महिला नर्सले कोरोना संक्रमितको उपचारमा सहयोग गर्दै आएकी छन्। खोप लगाएपछि उनले यो अभियानले मानव इतिहासिकै दुःखदायी अवस्थाबाट पूरा विश्वले मुक्ति पाउने विश्वा व्यक्त गरेकी छन्।
अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो। त्यस मध्ये न्यूयोर्क अमेरिकाको सबैभन्दा प्रभावित शहर हो। यसै शहरबाट खोप अभियान शुरु गरिएको हो।
अमेरिकामा हालसम्म १ करोड ६७ लाख ४१ हजार ४७० जना संक्रमित भएका छन् भने ३ लाख ६ हजार ४६४ जनाको मृत्यु भएको छ। न्यूयोर्कमामात्र ३५ हजारको मृत्यु भएको छ। अमेरिकामा अझै ६७ लाख एक्टिभ केस छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment