राज्य सङ्घीयतामा गएपनि पुनःसंरचना भइसकेको छैन : मन्त्री त्रिपाठी

डिसी नेपाल
२९ मंसिर २०७७ २२:३३
24
Shares

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सङ्घीयता कार्यान्वयनमा आए पनि यथार्थमा राज्य पुनःसंरचना भइनसकेको बताएका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रकाशन गरेको ‘नेपालको सङ्घीय शासन प्रणाली’ नामक पुस्तकको आज लोकार्पण गर्दै मन्त्री त्रिपाठीले नेपालको संविधानले राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा रहने पहिलो पटक व्यवस्था गरेको जनाउँदै सङ्घीयताबारे थप अध्ययन गर्न आग्रह गरे।

कार्यक्रममा नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले सङ्घीयतालाई बलियो बनाउन आवश्यक रहेको बताए भने प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले पुस्तकको प्रकाशनले सङ्घीयतालाई बुझ्न सघाउने टिप्पणी गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनालले सङ्घीयतालगायतका विषयमा आफूहरुको अध्ययन र प्रकाशन निरन्तर रहेको जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *